देशमा संघिय व्यवस्था लागु भईसकेपछि प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा कास्की जिल्ला कार्यक्षेत्र रहने गरी कृषि ज्ञान केन्द्र कास्कीको स्थापना भएको हो l कास्की जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई समय सापेक्ष नयाँ प्रविधिको माध्यमबाट आधुनिकिकरण र व्यवसायीकरण गरी समग्र जिल्लावासीको जीवस्तरमा सुधार ल्याउनु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ l